play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

चितवनका व्यूटिपालर व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीलाई प्रशिक्षण

0

असार २५ । चितवनका व्यूटिपालर व्यवसाय सञ्चालन गरिरहेका महिलाहरुको क्षमता विकासको लागि कपाल र अनुहारको उपचार पद्दतीका बारेमा प्रशिक्षण दिइएको छ । खल किलियर परेली ग्रुपको सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा १२० जना महिला उद्यमीहरुको सहभागिता रहेको संघकी महिला उद्यमी समितिकी संयोजक मीना उप्रेतीले जानकारी दिइन । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले महिलाहरुको सीप विकासको लागि संघसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताइन । कार्यक्रममा प्रशिक्षक मोहन अर्यालले सहजीकरण गरेका थिए । संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रघुनाथ भट्ट,भीमनारायण श्रेष्ठ,महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply