play_circle_outline On Air

यगना हमार

play_circle_outline On Air

यगना हमार

भारतबाट आयात भएको बिजुलकीको मूल्य तत्काल नबढ्ने

0

असार २४ – नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ ।

भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।

यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को मूल्य बढाउने प्रस्ताव भारतीय पक्षले गरेको थियो ।

भारतले २० प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अस्वीकार गरेको हो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नेपालले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएकाले बढाउन नसकिने धारणा राखेको जानकारी दिनुभयो ।

प्राधिकरणले हाल भारतबाट १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत भारतीय मुद्रा ५।५५ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत भारतीय मुद्रा रु छ मा विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले न्यूनतम भारु ५।५५ र अधिकतम भारु ६।४५ मा विद्युत् खरिद गर्दै आएको छ ।

कूल ११ केभी क्षमताको प्रसारण लाइनमा प्रतियुनिट रु १०।३२ पैसा ९भारु ६।४५०, ३३ केभी प्रसारण लाइनमा प्रतियुनिट रु ९।६० पैसा ९भारु ६० र १३२ केभीमा प्रतियुनिट रु ८।८८ पैसा ९भारु ५।५५० मा विद्युत् खरिद गरिरहेको छ । बैठक आगामी तीन महिनाभित्र पुनःबस्ने सहमति भएको छ ।

Share.

Leave A Reply