play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

रोजगारीको ग्यारेन्टी गर्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर लागु गरिदै

0

२३ असार, सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर नै लागू गर्ने योजना बनाएको छ । कार्यक्रमको संरचना तयार भई नसके पनि यसलाई समाजिक सुरक्षासँग जोड्ने योजना रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।यसअघि कार्यक्रमलाई विशुद्ध रोजगारीमा मात्र जोडेर सञ्चालन गर्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो । तर, अर्थ मन्त्री युवराज खतिवडा र श्रममन्त्री गोकर्ण बिष्टले काम नभएका युवालाई समाजिक सुरक्षा दिने गरी कार्यक्रम बनाउन जोड गरेपछि श्रम मन्त्रालय त्यसैअनुसार आन्तरिक गृहकार्यमा जुटेको छ ।श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर कार्यक्रमको मोडालिटी टुंग्याइने बताए । अहिले विभिन्न विकल्पमाथि छलफल भइरहेको उनको भनाइ छ ।
सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन खोजेको छ । अवधारणाअनुसार यो कार्यक्रमले विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो ।तर, युवााहरुलाई रोजगारी दिलाउन नै सरकारले प्राथमिकता दिनेछ । त्यसअनुसार श्रम मन्त्रालयले आगामी वर्षको बजेटमार्फत कुन मन्त्रालयमार्फत कति रोजगारी सिर्जना हुन्छ भनेर तथ्यांक लिने तयारी गरेको छ ।रोजगारी सिर्जनाका लागि मन्त्रालयले आफ्नो कार्ययोजना श्रम मन्त्रालयलाई दिनेछन् । त्यसअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार युवालाई रोजगारी दिन प्रयत्न गर्नेछ । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले विभिन्न नियकासाग समन्वय गर्नेछ ।पहलिे कार्यक्रम पश्चिम नेपालबाट सुरु गर्ने र विस्तारै अन्यत्र विस्तार गर्ने भनिए पनि देशभरबाट सुरु गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको छ । अन्तिम निर्णय भने हुन बाँकी छ ।भारतमा पनि सरकारले यस्तो किसिमको रोजगार प्रत्याभुत गर्ने कार्यक्रम चलिरहेको छ ।

Share.

Leave A Reply