play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नेकपाद्वारा आफ्नो नियमावली बनाउन तीन सदस्यीय कार्यदल गठन

0

असार २३ । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नियमावली बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले स्थायी समितिमा प्राप्त भएका सुझावलाई समेटर नियमावली बनाउन कार्यदल गठन गरेको हो ।बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापा रहेको तीन सदस्यीय कार्यदललाई नियमावली बनाउन तीन दिनको समय दिइएको छ ।
कार्यदलले दिएका सुझावलाई समेटेर नियमावली प्रकाशन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।कार्यदलले तयार पारेको नियमावलीलाई यही असार २६ गते बस्ने स्थायी समितिको बैठकले अन्तिम रुप दिने छ ।बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

Share.

Leave A Reply