play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अपराध नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

0

असार २२ । गृहमन्त्री रामबहादुर थापाले अपराध नियन्त्रण गरी सुशासन कायम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको तीन नम्बर प्रदेशस्तरीय कार्याशालाको आज काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारको समृद्धि र विकासको लक्ष्य प्राप्त गर्नका लागि शान्ति सुरक्षालाई प्रभावकारी बनाइने बताए ।अहिले वैज्ञानिक अनुसन्धान प्रणाली आवश्यक रहेको भन्दै गृहमन्त्री थापाले न्याय र सुशासनलाई स्थापित गराउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए ।अहिले जुनसुकै क्षेत्रमा भ्रष्टाचार बढ्दै गएको भन्दै उनले अनुसन्धान भ्रष्टाचार नियन्त्रणमा केन्द्रीत हुनु पर्नेमा जोड दिए ।आगामी भदौ १ गतेबाट मुलुकी अपराध आचारसंहिता ऐन लगायत नयाँ फौजदारी कानुन कार्यान्वयनका लागि सरकारले तयारी गरेको गृहमन्त्री थापाले जानकारी दिए ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देवानी र फौजदारी कानुन प्रत्यक्ष रुपमा समाज केन्द्रीत हुने भएकाले निष्पक्ष काम गर्न सक्नुपर्ने बताए ।
प्रहरी प्रमुख सर्वेन्द्र खनालले सुशासनको लागि नेपाल प्रहरीले पहरेदारी गर्ने भन्दै प्रहरी संगठले कुनै पनि आपराधिक समूहसँग साँठगाठ नगर्ने विश्वास दिलाए ।उनले प्रहरीले सम्पादन गर्ने कुनै काममा त्रुटी हुन नहुने भन्दै नयाँ कानुन लागू गर्न चुनौती भए पनि सामना गर्दै अगाडि बढ्ने बताए ।दुई दिनसम्म चल्ने कार्याशालामा तीन नम्बर प्रदेशका प्रहरी प्रमुख, सरकारी वकिलहरु सहभागी छन् ।

Share.

Leave A Reply