play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

गायक प्रदिपको स्वरमा सजिएको तिजको गित जन्म घर माइतमा सार्वजनीक

0

बिबेक पोख्रेल
असार २२, नयाँ वर्ष २०७५ को तिजको पहिलो गीत सार्वजनीक भएको छ । नेपाली नारीहरुको महान पार्व हरितालिका तिज आउन झण्डै दुई महिना बाकिं रहर्दा “तीजको साईतमा जन्मघर माइतमा” गीत बजारमा आएको हो । शिव फिल्मको व्यानरमा निर्माण भएर्को “जन्मघर माइतमा” बोलको गित सामाजिक संजाल युटुभ मार्फत सार्वजनीक गरिएको हो । निमार्ण पक्षले यस बर्षकै पहिलो गीतको रुपमा दाबि गरिएको “जन्म घर माइतमा” बोल्को गीत चितवनका प्रदिप त्रिपाठीले गायका छन् भने उनलाई राधिका हमालले साथ दिईकी छन् । गीतमा गायक त्रिपाठीले नै लय भरेका थिए ।
यस तिज गीत मार्फत चितवनकै विनिता ओझाले प्रकाश सपुत संग अभिनयमा डेब्यु पनि गरेकी छिन् । हाल सम्म १ लाख भन्दा बढिले पटक हेरीएको उक्त गीतको शब्द धनश्यम रिजालले लेखेका हुन् । शिब परियारको निर्देशन र रमेश वि.क. को सम्पादन गरेको गीतलाई शम्भु चालिसेले छायांकन गरेका थिए ।

Share.

Leave A Reply