play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चेपाङ बालबालिकालाई चितवन सम्पर्क समितिको सहयोग

0

असार २१, चितवन सम्पर्क समिति द कोरियाले माडीको गोबिन्दबस्ती स्कुलमा अध्यनरत चेपाङ बालबालिका हरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । माडी नगरपालिका -९ स्थित गोबिन्दबस्ति आसपासमा रहेका २८ जना चेपाङ बालबालिका हरुलाई निसुल्क आवासीय ब्यबस्थापन मिलएको आधारभूत बिधालय गोबिन्दबस्तीमा एक कार्यक्रम गरि १० बोरा चामल, १ बोरा दाल, २० प्यकेट भुजा, एक ग्यालिन तेल गरि २० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको हो।
माडी नगरपालिका -९ का वडा अध्यक्ष, चितवन सम्पर्क समितिका प्रतिनिधि, चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती प्रतिनिधि, ब्यबस्थापन समिति अध्यक्ष, शिक्षक, अबिभावक, र विद्यार्थीहरुको रोहवरमा सो सामग्री सहयोग गरिएको हो। सो कार्यक्रममा वडा अध्यक्ष शिबहरी सुबेदीले आवासीय ब्यबस्थापन मिलाइएका यी विद्यार्थी हरुलाई सहयोग सामाग्री उपलब्ध गराई अध्ययनमा सहजता गरिदिनुहुनको लागि सहयोगी दाता तथा संस्थाहरुलाई अनुरोध गर्दै चितवन सम्पर्क समिति लाई धन्यवाद व्यक्त गर्नु भएको थियो। साथै चितवन सम्पर्क समिति द कोरियाका निबर्तमान सचिब सुलभ बन्धु पोखरेलले कोरियामा रहने चितवनबासीहरुले थोरै थोरै रकम जम्मा गर्दै यस्तै सहयोग नगरी नहुने ठाउँहरुमा सहयोगी बन्दै आएको र यी चेपाङ बालबालिकालाई खाद्यान्नको सहयोग मागेरै भए पनि शिक्षक बर्गले शिक्षाको ज्योति प्रदान गरि पिछडिएका चेपाङ बालबालिकालाई शिक्षाको महत्त्व बुझाइदिनुहुन आग्रह गर्नु भएको थियो। सोही कार्यक्रममा प्रध्यानाध्यापक र ब्यबस्थापन समिति अध्यक्ष ले हालसम्म सहयोग गर्नुभएका ब्याक्ती र सस्था हरुको जानकारी गराउदै लगभग दुई महिना पुग्ने सामाग्री प्रदान गरिदिएकोमा चितवन सम्पर्क समिति कोरियालाई तथा समन्वय गरिदिएकोमा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति लाई धन्यवाद ब्यक्त गर्नु भएको थियो।

Share.

Leave A Reply