play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

विश्वकप फुटबलमा प्रि-क्वाटरफाईनलका खेल सकिंदै

0

असार १९ । विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज(मंगलबार) सकिंदैछन् ।

आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ ।

आज वेलुकी पौने ८ बजे सेन्ट पिटर्सवर्गमा स्विडेन र स्विट्जरल्याण्ड भिड्नेछन् ।

विश्वकपको समुह एफ् मा रहेको स्विडेन समुह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेन दोस्रो खेलमा जर्मनीसँग पराजित भएको थियो ।

तेस्रो तथा अन्तिम खेलमा मेक्सिकोलाई हराउँदै स्विडेन समुहका तीन खेलबाट ६ अंक जोड्दै नक आउट चरणमा उक्लिएको हो ।

उता समुह ई मा रहेको स्विट्जरल्याण्ड समुह उपपिवजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा सर्वियालाई हरायो ।

तेस्रो तथा अन्तिम खेलमा कोष्टा रिकासँग बराबरी खेल्दै स्विट्जरल्याण्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

आजै राति पौने १२ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ ।

Share.

Leave A Reply