play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

0

धादिङ-असार १८,  पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ।

पहिरोले कृष्णभीरमा सोमबार जीप पुरिएको छ। काठमाडौँ जाँदै गरेको लु १ च २३४३ नम्बरको जीप पुरिएको हो। पहिरो झर्न थालेपछि जीप भित्र रहेका यात्रुहरु भने भाग्न भ्याएको प्रहरीले जानकारी दिएको छ।

लगातार परेको वर्षाले पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा पूर्वपश्चिम जाने सवारी साधन बाटोमा नै रोकिएका छन्। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

Share.

Leave A Reply