play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

माडीको रिउ खोला खतराको सतह भन्दा माथि , उच्च सतर्कता अपनाउन आग्रह

0

चितवनमा हिजो साँझदेखी परेको अविरल वर्षाले चितवनका अधिकांश खोला नदीको सतह बढेको छ । जिल्लाको माडीस्थित रिउ खोलाको पानी खतराको सतह भन्दा नाघेको छ ।

अहिले ११ बजेसम्ममा रिउ खोलाको पानीको सतह ३.५६४ मिटर पुगेको छ । पानीको सतह ३.५ मिटर पुगेमा खतराको अवस्था रहन्छ । तर रिउ खोलाको पानीको सतह हेर्दा खतराको तह नाघेकोले सतर्कता अपनाउन जरुरी देखिएको छ । सामान्यतया पानीको सतह ३ मिटर पुगेमा चेतावनी तह मानिन्छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रिउ खोलाको सतह खतरा भन्दा माथि पुगेकोले सबैलाई सचेत रहन आग्रह गरिएको बताए ।
निरन्तरको वर्षाले चितवनको माडीका अधिकांश खोलामा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि माडी–ठोरी सडक खण्ड अवरुद्ध बनेको छ । अधिकांश खोलामा पुल नभएकाले यातायात सेवासंगै आवातजावतमा समस्या भएको छ ।

पानीको बहाब बढेकाले माडीको रौतनी खोलाको पुल भासिएको छ । माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ । जिल्लाको माडी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्ने गरेको छ । गतवर्ष पनि माडीमा बाढीले ठूलै जनधनको क्षति भएको थियो ।

यस्तै जिल्लाको राप्ती नदीमा पनि पानीको बहाब बढ्दो क्रममा रहेकोले सचेत रहन आग्रह गर्नुभयो ।

Share.

Leave A Reply