असार १७, प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको मिसनबारे जनतालाई आश्वस्त पार्न पनि आत्मविश्वासका साथ अघि बढन पार्टीका सांसदहरुको गम्भिर ध्यानाकर्षण गराए ।पार्टीका सांसदहरुलाई नियमित भेटघाट गर्ने कार्यक्रम अन्तरगत आईतबार प्रदेश नम्बर १ सांसदहरुसँग सिंहदरबारमा सामुहिक भेट गर्दै उनले सरकार मुलुकलाई समृद्ध बनाउने मिसनका साथ अघि बढेकाले त्यसमा साथ दिएर अघि बढन सांसदलाई सचेत गराए ।
सरकारको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन प्रधानमन्त्री ओलीले आफूहरुलाई निर्देशन दिएको भेटमा सहभागी सांसद योगेश भट्टराईले जानकारी दिए । त्यसक्रममा पार्टीका सांसदहरुले पनि जनताको गुनासोबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सरकारबारे प्रदेश नम्बर १ का जनताको गुनासो पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको सांसद भट्टराईले बताए ।प्रधानमन्त्री ओलीले आईतबारबाट पार्टीका सांसदहरुको औपचारिक भेटघाट कार्यक्रम सुरु गरेका हुन् । पार्टीका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम र विनियोजन बजेटबारे आलोचना गरिरहेका छन । प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुको भेटमा बजेट पर्याप्त नभएकाले सबै क्षेत्रमा माग अनुसारको बजेट व्यवस्थापन गर्न नसकिएको स्पष्टिकरण दिएका थिए ।
नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन प्रधानमन्त्री ओलीको निर्देशन
नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन प्रधानमन्त्री ओलीको निर्देशन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु