play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

आज बेल्जियम भर्सेस इंग्ल्यान्ड : दुवै टीमले जित्न नचाहेको खेल ?

0

१४ असार – विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत बिहीवार समूह चरणका अन्तिम ४ खेल हुँदैछन् । पहिलो खेलमा साँझ पौने ८ बजे जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया आमनेसामने हुँदैछन् ।

यस्तै इंग्ल्याण्ड र बेल्जियम तथा पनामा र ट्युनिसियाबीचको खेल राति पौने १२ बजे हुनेछ ।

विश्वकपमा सायदै टीमले हार्नका लागि खेल्लान् । तर ‘समूह जी’अन्तर्गत आज राति बेल्जियम र इंग्ल्याण्डबीच यस्तो खेल हुँदैछ, जसमा दुवैले जीतका लागि अधिकतम बल नलगाउने चर्चा छ ।

यी दुवै टोली अन्तिम १६ मा पुगिसकेका छन् । आजको खेलले समूह विजेताको टुंगो लगाउने छ । परिस्थिति यस्तो बनेको छ कि समूह विजेता बन्नेलाई भन्दा उपविजेता बन्नेलाई फाइदा छ ।

समूह विजेता अघिल्लो पोलमा जानेछ भने उपविजेता दोस्रो । यस समूहबाट समूह विजेता जानेतर्फको पोलमा ब्राजिल, फ्रान्स, अर्जेन्टिना, पोर्चुगल, उरुग्वेजस्ता प्रभावशाली टीम पुगिसकेका छन् । यसमा बेल्जियम र इंग्ल्याण्डमध्ये अर्को एक टीम थपिन बाँकी छ ।

यस्तो अर्को पोलमा भने स्पेनबाहेक उपाधि दाबेदार मानिएका टोली छैनन् । यसैकारण इंग्ल्याण्ड र बेल्जियम दुवैलाई उपविजेता बन्नु नै फाइदाजनक हुने देखिएको छ ।

यसको संकेत बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले गरिसकेका छन् ।

बुधबारको प्रि-म्याच कन्फरेन्समा मार्टिनेजले भनेका छन्, ‘भोलि हामी राम्रो खेल्न त चाहन्छौं, तर जीत हाम्रो प्राथमिकता होइन ।’

मार्टिनेजले लुकाकु, डी ब्रुयनेलगायत केही महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिने चर्चा छ । लुकाकुमा भने थोरै इन्जुरी पनि रहेको चर्चा छ ।

इंग्ल्याण्ड पनि यो परिस्थितिप्रति जानकार छ र उसले पनि जीतका लागि अधिकतम बल प्रयोग गर्ने छैन ।

Share.

Leave A Reply