असार १०- खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ६२ करोड बढिको वजेट पारित गरेको छ । नगरपालिकाको आईतबार सम्पन्न तेश्रो नगर सभा तथा वजेट अधिवेशनले ६२ करोड ३९ लाख ९१ हजार बराबरको वजेट,नीति तथा कार्यक्रम पारित गरेको हो । नगरसभामा नगर उप–प्रमुख सुनिता थपलियाले आगामी वर्षका लागि वार्षिक नीति,कार्यक्रम तथा बजेट पेश गरेकी थिइन् । सो वजेट,नीति तथा कार्यक्रम नगरसभा सुभारम्भ भएको दुई घण्टामै पारित भएको थियो ।आन्तरिक आय ५ करोड १९ लाख लक्ष्य लिएको खैरहनी नगरपालिकाले बित्तिय समानिकरणमा रु २४ करोड २९ लाख, सामाजिक सुरक्षा कार्यक्रममा रु ९ करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त रु ३ करोड ३ लाख,अन्य आय १ करोड ५० लाख अनुमान गरिएको छ । नगरपालिकाले आगामी वर्षमा कृषि उत्पादन अभिवृद्धी एवंम् वजार प्रर्वद्धनका लागि हाटवजार संचालन गर्ने,दग्ध उत्पादक किसानहरुलाई दुधमा अनुदानको व्यवस्था गर्ने,आगामी बर्ष बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने, विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्ने,नगरपालिका क्षेत्र भित्र १ सय ५० शैया सम्मकोबाल अस्पताल निर्माणका लागि पहल गर्ने,नगरपालिका क्षेत्र भित्र चक्रपथ निर्माणका लागि योजना बनाई कार्यान्वयन गर्ने,बसपार्क निर्माण गर्ने,खेतीयोग्य जमिन प्लटिङ गरेको जग्गा घडेरीको रुपमा विक्री गर्ने कार्यलाई निरुत्साहित गर्न नीति बनाउने,राष्ट्रसेवक कर्मचारीहरुलाई दिदै आएको ३५ प्रतिशत स्थानीय भत्ता हटाई कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्न अतिरिक्त सेवा र समयको आधारमा थप सुविधा दिने लगायत कार्यक्रम समावेश गरिएको नगर प्रमुख लालमणी चौधरीले जानकारी दिए ।नगर सभामा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले पेश गरेको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपानाउनु पर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको बिद्येयक २०७५ र खैरहनी नगरपालिकामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५,आर्थिक,विनियोजना विद्येयक समेत पारित भएको नगर प्रमुख चौधरीले बताए ।
यस्तै पूर्वी चितवनको राप्ती नगरपालिकाले ५१ करोड २० लाख बरावरको बजेट,नीति तथा कार्यक्रम तेश्रो नगर सभामा पेश गरेको छ । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले पेश गरेको नीति कार्यक्रम तथा वजेट नगर सभाले पारित गरेको छ । राप्ती नगरपालिकाले आगामी आर्थिक वर्षमा शसर्त अनुदान १९ करोड ८१ लाख,राजस्व वाडँफाँड १० करोड ८७ लाख,समानिकरण १६ करोड ५२ लाख,आन्तरीक आम्दानी ४ करोड हुने अनुमान गरेको छ । नगर प्रमुख प्रभा वरालको अध्यक्षतामा भएको नगर सभाले आगामी आर्थिक वर्षदेखी सुरु हुने गरी नगरपालिकाको भवन र सिटी हल निर्माण गर्ने कार्यलाई मुख्य योजनाको रुपमा अघि वढाएको नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मिठाराम हुमागाँईले जानकारी दिए ।राप्ती ४ मा करिव ५ सय जना क्षमताको सिटी हल निर्माण गरिने उनले बताए । प्रमुख प्रशासकिय अधिकृत हुमागांईका अनुसार नगर सभाले बिनियोजन विद्येयक,आर्थिक विद्येयक,एकिकृत सम्पती कर बिद्ययेक,बजार अनुगमन बिद्ययेक पारित गर्नेछ । नगर प्रमुख बरालको अध्यक्षतामा भएको नगर सभाको उद्घाटन शत्र प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा लामा,प्रदेश सदस्य कृष्ण खनाल,जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
खैरहनी नगरपालिका ६२ करोड र राप्ती नगरपालिकाको ५१ करोडको बजेट पारित
खैरहनी नगरपालिका ६२ करोड र राप्ती नगरपालिकाको ५१ करोडको बजेट पारित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु