play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

आज बिहान गैँडाकोटमा बस दुर्घटना हुदा १५ जना यात्रु घाइते,,घाइते मध्ये केहिको अवस्था गम्भीर

0

असार ९ । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Share.

Leave A Reply