play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

द्वन्द्वकालीन मुद्दा हेर्न विशेष अदालत, सत्य बक्नेलाई खुला काराबासमा राखिने

0

असार ७, मानव अधिकारको गम्भीर उल्लंघनका द्वन्द्वकालीन घटनामा क्षमादान र माफी नहुने प्रावधानसहित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयकलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा बनेको छ ।यो मस्यौदामाथि थप सुझाव लिएर संसदमा पठाउने सरकारको तयारी छ ।सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी आयोगसम्बन्धी अध्यादेश संसदमा रहेकै बेला सरकारले विधेयकको मस्यौदा बनाएको हो ।सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मानअधिकार कानुनको परिधिभित्र रहेर शान्ति प्रक्रिया टुंगो लगाउने गरी मस्यौदा तयार पारिएको मस्यौदा समितिका एक सदस्यले बताए ।
विधेयकको मस्यौदा गर्न महान्यायाधिवक्ता अग्नि खरेल, कानुनमन्त्री शेरबहादुर तामाङ र पूर्वमहान्यायाधिवक्ता हरि फुँयालले निकै मेहनत गरेका छन् । मस्यौदामा विपक्षी दलबाट रमेश लेखक र राधेश्याम अधिकारी तथा तत्कालीन माओवादी केन्द्रका तर्फबाट खिमलाल देवकोटा र दिनमणि पोखरेल पनि संलग्न रहेको स्रोतले जनाएको छ ।विधेयक मस्यौदाका क्रममा पीडित पक्षका प्रतिनिधि, सुरक्षा फौजका अवकाशप्राप्त अधिकारीहरु र अन्तर्राष्ट्रिय सरोकारवाला एजेन्सीसँग परामर्श गरिएको कानुन मन्त्रालय स्रोतले जनाएको छ ।

Share.

Leave A Reply