play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

हल्लै हल्लामा आज विद्यालय बन्द, जिम्मेवार को ?

0

असार ३ । केही समय यता हल्लै हल्लाको भरमा विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठनले शैक्षिक हड्ताल आह्वान गरेको बहानामा आइतबार पनि १५ लाख बालबालिका विद्यालय जान पाएनन् ।आइतबार कुनै राजनीतिक समूह, विद्यार्थी संगठन वा अरु कुनै समूहले बन्द आह्वान गरेको कसैलाई थाहा थिएन । तर बिहान बिद्यालय हिँडेका बालबालिका एकाएक घर फर्कन बाध्य भए । अलि सबेरै विद्यालय जान निस्केका बालबालिकाहरुले लामो समय बाटोमा कुरेपछि मात्रै थाहा पाए कि आज शैक्षिक हड्ताल, विद्यालय बन्द छ ।
कुनै प्रचार प्रसार, पर्चा पम्प्लेट वा पत्र विना नै निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गराएका हुन्, जसका कारण लाखौं विद्यार्थी पठनपाठनबाट बञ्चित भए ।नयाँ शैक्षिक सत्र सुरु भए यता दुई पटक यसैगरी विद्यालय बन्द भईसकेका छन् । चन्द नेतृत्वको विद्यार्थी सङ्गठनले सामाजिक सञ्जालबाट बन्दको त्रास पैmलाएकै भरमा नै विद्यालय बन्द गरेको व्याब्सनका पदाधिकारीहरु नै स्वीकार्छन् ।

Share.

Leave A Reply