play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

देशका सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

0

असार १ – देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५र७६ को बजेट आज सार्वजनिक गर्दैछन्। सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ।

संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले एकै दिन बजेट ल्याउन लागेका हुन्। केन्द्र सरकाले जेठ १५ गते आर्थिक वर्ष ०७५–७६ को बजेट सार्वजनिक गरेको थियो। केन्द्र सरकारले सार्वजनिक गरेको बजेटमाथि संघीय संसद्मा छलफल चलिरहेको छ।

जनसंख्या, क्षेत्रफल, मानव विकास सूचकांक, पूर्वाधार एवं खर्चको आवश्यकता लगायतलाई आधार मानेर प्रदेश सरकारहरुले बजेट ल्याउन लागेका हुन्।
केन्द्र सरकारले प्रदेश सरकारलाई न्यूनतम १३ अर्बदेखि बढीमा १९ अर्बसम्मको वित्तीय हस्तान्तरण गरेको छ।

प्रदेश १ सरकारले करिब ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। पेदेश १ सरकारले ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा तय गरेको छ। उक्त नाराको मार्ग्चित्रसहित प्रदेश २ सरकारले बजेट ल्याउन लागेको हो।

प्रदेश २ सरकारले करिब ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। केन्द्र सरकारबाट पाउने अनुदान तथा राजस्व बाँडफाँडसहित प्रदेशको आन्तरिक स्रोतलाई समेत समेटेर प्रदेश २ सरकारले बजेट ल्याउन लागेको हो।   जग्गा रजिस्ट्रेसन, विज्ञापन कर, मनोरञ्जन कर, सवारी करलगायतबाट आम्दानी गर्ने लक्ष्य प्रदेश २ सरकारको छ।

प्रदेश ३ सरकारले करिव ४० अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश ३ सरकारले यातायात कर, ढुंगा, गिट्टी र बालुवा कर, मनोरञ्जन कर, घरबहाल करबापत उल्लेख्य राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। त्यस्तै प्रदेश सरकारले हेटौँडा–काठमाडौं सुरुङमार्गलाई प्राथमिकतामा राखेको छ।

प्रदेश ४ सरकारले करिब २६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश ४ सरकारले पर्यटन, ऊर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको छ।

प्रदेश ५ सरकारले ३० अर्बको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। विद्युत्, खानेपानी, सिँचाइलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश ४ सरकारले बजेट ल्याउन लागेको हो।

कर्णाली प्रदेश सरकारले झन्डै २५ अर्ब रुपैयाँकोे बजेट ल्याउँदै छ। खाद्यान्नमा आत्मनिर्भर, कृषिमा आधुनिकीकरण, पर्यटन विकास, जल, जमिन, जडीबुटी, जंगल र जनशक्तिको भरपुर उपयोग गर्ने लक्ष्यसहित कर्णाली प्रदेश सरकारले बजेट ल्याउन लागेको श्रोतले जनाएको छ।

प्रदेश ७ सरकारले करिब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँने तयारी गरेको छ। प्रदेश ७ सरकारले कृषिको व्यवसायीकरण, सडक, खानेपानी, सिँचाइ, पूर्वाधार निर्माण, पर्यटन र जलविद्युत् क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो।

Share.

Leave A Reply