play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अरुण तेस्रोलाई लक्षित गरी ३ वटा सकेट बम प्रहार

0

३० जेठ, संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन ।प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अरुण तेस्रोको हेडक्वाटरभन्दा माथितिर रहेको मकैबारीबाट बनमाराको झाडीमा सकेट बम फालेको पाइएको र त्यसले कुनै पनि क्षति नभएको बताए।
प्रजिअ अधिकारीले बम फ्याँक्ने समूहको खोजी जारी रहेको जानकारी दिए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए ।अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।

Share.

Leave A Reply