रत्ननगर वडा नं.६मा सुचनामा आधारित कर संकलन प्रणाली लागु

0

जेठ २१ । रत्ननगर नगरपालिका वडा नं.६ ले सुचनामा आधारित कर संकलन प्रणाली लागु गरेको छ । सौराहाका पर्यटन व्यवसायीलाई करको दायरामा ल्याउन वडा स्तरबाट कर संकलन प्रणाली लागु गरिएको हो । कर दातालाई व्यवस्थित गर्न होटल तथा रेष्टुरेण्टको सम्पूर्ण विवरण सहित फारम भर्ने र सोही बमोजिक नगरपालिकालाई कर बुझाउन गरी नगरपालिकामै महिलो पटक वडा नं.६ मा कर संकलन प्रणाली सुरु गरिएको वडा सचिव लीलानाथ अर्यालले जानकारी दिए । बैशाखबाट सुरु गरिएको सो प्रणालीको दायरामा अहिले सम्म ३० वटा होटल तथा रेष्टुरेष्टहरु आएका छन । कर संकलन प्रणालीको दायरामा आउन व्यवसायीले वडा कार्यालयले प्रदान गर्न फारम भर्नुपर्ने वडा सचिव अर्यालले बताए । सो प्रणाली अन्तर्गत व्यवसायीको सम्पूर्ण विवरण वडा कार्यालयमा रहने र करदाताले कर बुझाएको वडा नबुझाएको भन्ने कुरा सजिलै थाहा हुने उनले बताए । कर प्रणालीमा आएका करदातालाई उसको विवरण हेरेर कर बुझाउन आउन आग्रह गर्न सजिलो हुने छ । सौराहामा करिब १२० वटा ठुला होटर र ७० वटा रेष्टृरेष्ट रहेका छन । नगरपालिकाले ठुला होटलहरुले बार्षिक १२ हजार,मझौला होटलहरुले बार्षिक ४ हजार र रेष्टुरेष्टहरुले ५ हजार सम्म कर बुझाउने पर्ने नीति बनाएको छ । वडा भित्रका होटल,रेष्टुरेष्ट तथा व्यवसायलाई नगरपालिकाका दर्ता गरेर करको दायरामा ल्याउन वडा कार्यालयले घरदैलो कार्यक्रम गर्ने योजना बनाएको वडा अध्यक्ष बलराम दाहालले बताए । कर संकलनको लागि नगरपालिकाले लिएको लक्ष्य प्राप्तीको लागि कर संकलन प्रणाली संगै घरदैलो कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

Share.

Leave A Reply