play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

राष्ट्रकवि पूर्ण रुपमा स्वस्थ हुदै भोलि स्वदेश फर्किने

0

जेठ १८, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि पूर्ण स्वस्थ रुपमा शनिबार स्वदेश ल्याइँदैछ । नयाँदिल्लीमा रहेकाे मेदान्ता अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उहाँलाई स्वदेश ल्याउन लागिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कनुहुनेछ । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यही जेठ ९ गते नयाँदिल्लीकाे मेदान्ता अस्पताल लगिएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि गएकाे सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट )बाट क्याबिनमा सारिएको थियो ।
नयाँदिल्ली जानुअघि उहाँको वैशाख २८ गते धापासीमा रहेकाे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्ता अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उहाँको उपचारमा संलग्न थियो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर पनि जानुभएको थियो । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ ।

Share.

Leave A Reply