play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सरकारमा दुई उपप्रधानमन्त्री थपिए

0

१८ जेठ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज पूर्णता पाएको छ । शुक्रबार संघीय समाजवादी फोरमबाट २ जना मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको हो । फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्नु भएको छ । यस्तै मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रीमा नियुक्त हुनु भएको छ । यसअघि सञ्चार राज्यमन्त्री रहनुभएका गोकुल बास्कोटालाई सरकारले सञ्चारमन्त्रीमा बढुवा गरिदिएको छ । ओली नेतृत्वको सरकारमा अब दुई जना उपप्रधानमन्त्री बनेका छन् ।
यसअघि रक्षामन्त्री रहनुभएका इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्री बनाइएको छ । फोरमलाई सरकारमा सहभागी गराउन त्यसका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको छ । यादव यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसक्नु भएको छ । त्यस्तै फोरम नेता राई श्रममन्त्री बन्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुलाई आजै पद तथा गोपनियताको सपथ खुवाइएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमकाबीच सपथ खुवाइएको हो ।

Share.

Leave A Reply