play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

पाल्पा दुर्घटना UPDATE : १२ जनाको मृत्यु, ११ को सनाखत

0

जेठ १८,पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा थप १० जना घाइते भएका छन् ।घाइतेमध्ये एकको अबस्था गंभीर छ । दुर्घटनामा परी घाइते लार्इ उद्धार गरी अस्पताल लगिएको छ ।मृतक मध्ये ११ को सनाखत भएको छ । बसमा २७ जना सवार थिए ।
सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।११ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि पाल्पा लैजानै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान सडकबाट खसेको हो ।बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट तल खसेको प्रउ पन्तले जानकारी दिए ।गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भएको थियो ।

Share.

Leave A Reply