जेठ १८ –पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ ।सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेकाे लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरकाे बस दुर्घटनामा परेको हो ।घटनास्थलबाट पाँच जनाकाे शव निकालिएको प्रहरीले बताएको छ । घाइतेमध्ये १० जनाकाे युनाइटेड मिसन अस्पताल तानसेन र ३ जनाकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेकाे छ । बसमा २६/२७ जना भएकाे प्रहरीले जनाएकाे छ ।
पाल्पाको हुमिनमा बस दुर्घटना हुदा ५ जनाको मृत्यु
0
Share.