play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

डेनमार्कमा अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध

0

जेठ १८ । डेनमार्कले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ ।डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएको हो । अब यससम्बन्धी कानून भने १ अगस्टबाट लागू गरिने छ ।
कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना तिनुपर्ने तथा दोहोर्‍याएमा दश गुणा बढी जरिवाना गरिने छ । यस प्रतिबन्धको बढी असर बुर्का पहिरिने मुस्लिम महिलामा पर्ने छ ।डेनमार्कको यस निर्णयको एम्नेष्टी इन्टरनेशनलले भने आलोचना गर्दै यो महिला अधिकारमाथिको पक्षपातपूर्ण उल्लंघन हो भनेको छ । (एजेन्सी)

Share.

Leave A Reply