play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

आज धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौशमविदको अनुमान

0

जेठ १८ – देशका विभिन्न ठाउँको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।उहाँका अनुसार यसकै प्रभावले शुक्रबार एकैछिन मौसम खुलेपनि फेरि बदली भई केही ठाउँमा पानी पर्नेछ । तर झरिको संभावना भने कम छ । प्रि मनसुनी गतिविधि सक्रिय हुँदा यो महिना धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आवृत्ति बढी भएको र पूर्वी वायु सतही रुपमा बसेकाले यो महिना धेरै ठाउँमा औसतभन्दा बढी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार गएको वैशाख १८ गतेदेखि हिजोसम्ममा सुर्खेतमा सबैभन्दा धेरै पानी परेको छ ।यसअघि चैत महिनामा पनि धेरै ठाउँमा औसतभन्दा धेरै पानी परेको थियो । यो वर्ष मनसुन याममा पनि औसत पानी पर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply