play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

पश्चिम चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

0

१६ जेठ । पश्चिम चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैंडाको आक्रमणबाट स्थानिय ५० बर्षिय अर्जुन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैंडाको आक्रमणमा परी क्षेत्रीको मृत्यु भएको हो।

गैंडाको आक्रमण परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गए राति करिब १ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो। उनको उपचारकै क्रममा राति नै ज्यान गएको प्रहरीले जनाएको छ।

Share.

Leave A Reply