जेठ १४ – माडी सप्तगण्डकी सम्पर्क मञ्चको अध्यक्षमा अपिल दवाडी चयन हुनुभएको छ । माडी घर भै अध्यनका लागि भरतपुरको सप्तगण्डकी बहुमखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको साझा सम्पर्क मञ्चको आज (सोमबार) बसेको विशेष भेलाले दवाडी संगै उपाध्यक्षमा अश्विन क्षेत्री, ज्योती आचार्य, कोषाध्यक्षमा राम अर्जुन घिमिरे, सचिवमा अस्मि पौडेल, सहसचिवमा विजय तिमल्सीना, सञ्जु गिरी सहित ३५ सदस्य माडी सप्तगण्डकी सम्पर्क मञ्चको गठन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि माडी सप्तगण्डकी सम्पर्क मञ्चका संस्थापक संल्लाहाकार एवम् विद्यार्थी नेता समिर सुवेदीले माडिबाट बर्षेनी सयौ विद्यार्थीहरु अध्यनको लागी सप्तगण्डकी बहुमखी क्याम्पस आउने गरेको बताउनु भयो । उहाँले सयौंको संख्यामा रहेका माडीका विद्यार्थीहरुको नेतृत्व संगै माडि हरेक विद्यार्थीको समस्या सावाधान गर्न मञ्च सफल बन्ने विश्वास व्यतm गनुभयो । कार्यक्रम माडी सप्तगण्डकी सम्पर्क मञ्चका निर्वतमान अध्यक्ष दिपक ढुङ्गनाको संभापतित्वमा सम्पन्न भएको थियो ।
माडी सप्तगण्डकी सम्पर्क मंचको अध्यक्षमा दवाडी
0
Share.