जेठ १२ – सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले भोली जवाफ दिनुहुने भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि जेठ ९, १० र ११ गते लगातार छलफल भएको थियो ।
सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि जवाफ दिनुहुने कार्यक्रम छ । संघीय संसद्मा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाको बैठक भोलि बिहान बजे ११ बजे बस्नेछ । विपक्षी काँग्रेसले नीति तथा कार्यक्रम महत्वकाक्षी भएको बताएको छ ।