play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी र एबिसी स्पोर्ट्स क्लब विजयी

0

जेठ १०, सुर्खेतको वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिगमा आज भएका २ खेलमा त्रिभुवन आर्मी क्लब र एबीसी स्पोर्ट्स क्लब विजयी भएका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा रहेको रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले खेल ढिला सुरु भएका कारण निर्धारित १२ ओभरमा घटाइएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो । ६४ रनको लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । यस्तै आज भएको दोस्रो खेलमा एबिसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई १९ रनले पराजित ग¥यो ।टस जितेर ब्याटिंग रोजेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पुरै २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो ।
यो संगै प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भएका छन् । समुह ’ए’ को बिजेताको रुपमा रुपन्देही ११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समूह ’बी’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्य(पश्चिम क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेका छन्। भोलि हुने पहिलो सेमीफाइनलमा रुपन्देही ११ र मध्यपश्चिम क्रिकेट क्लब तथा दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र धनगढी क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । जेठ ३ गते बाट सुरु भएको कर्णाली प्रिमियर लिगको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Share.

Leave A Reply