play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

जेठ १४ गतेबाट बजार क्षेत्रका सबै फुटपाथ व्यवसायलाई हटाउने भरतपुर महानगरको घाेषणा

0

जेठ १०, भरतपुर महानगरपालिकाले जेठ १४ गतेबाट नारायणगढ क्षेत्रका सबै फुटपाथ व्यवसायलाई हटाउने घाेषणा गरेकाे छ ।यसअघि गत फागुन १४ गते भरतपुर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक साताभित्र नारायणगढको फुटपाथ व्यवसाय हटाउने घोषणा गरेका थिए । तर घोषणाको ३ महिनापछि पुनः महानगरले अर्को मिति राखेको हो ।महानगरको यही दोहोरो मापदण्डका कारण फुटपाथको व्यवसाय हटाउन समस्या बन्दै आएको छ । विगतमा जनप्रतिनिधि नभएको बाहना बनाउँदै फुटपाथबारे कुनै निर्णय नगरिएकाेमा जनप्रतिनिधि आएको एक वर्ष पुग्न लाग्दा पनि ठोस प्रगति हासिल हुन सकेकाे छैन ।पूर्व–पश्चिम राजमार्गको मूल सडकमा नै नारायणगढ बजार पर्दछ । सोही कारणले गर्दा यहाँको बजार र ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै आएको छ । सडकपेटीलाई पार्किङ गर्ने स्थान तोकिएको छ । त्यही नै ठेलाको व्यापार पनि हुन्छ । बजारका व्यापारीहरुले समेत सटर अगाडि पेटीसम्म नै सामान राखेर व्यापार गर्दै आएका छन् । भरतपुर महानगरपालिकाले बजारको लायन्सचोकदेखि पुल्चोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गदेखि ५०० मिटर भित्रसम्मसम्म फुटपाथमा व्यवसाय गर्न रोक लगाएको जनाएको छ । यस्तो ब्यापार गर्न महानगरले बालकुमारी कन्या माविको खाली जग्गाको व्यवस्था मिलाएको जनाएको छ ।

Share.

Leave A Reply