play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

रत्ननगर नगरपालिका वडा नम्बर–१० स्थित गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते

0

जेठ ७ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैंडाको आक्रमणबाट सोमबार एक व्यक्ति गम्भीर घाइते भएका छन् ।पैदल हिँडिरहेका बेला गैंडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार बिहान करिब १० बजे उक्त घटना भएको थियो ।
खुट्टामा गम्भीर चोट लागेका उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नस्ट गर्ने गर्छ । विद्युतीय तारबार लगाइएपनि प्रभावकारी हुन सकेको छैन ।

Share.

Leave A Reply