play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

शिवनगरमा दुई ठाउँमा नि:शुल्क उद्घोषण तालीम शुरु

0

जेठ ६, भरतपुर-१४, शिवनगरका दुई ठाउँमा नि:शुल्क उद्घोषण तालीम शुरु भएको छ। महिला समन्वय समिति र गुरुङ्ग तथा तमाङ्ग उपभोक्ता समिति छुट्टाछुट्टै रुपमा शिवनगरमा उद्घोषण तालीम गरेका हुन् । दुबै कार्यक्रमलाई भरतपुर महानगरपालिका वडा नम्बर १४ ले प्रायोजन गरेको हो ।आजबाट शुरु भएको उद्घोषण तालिमलाई वडा अध्यक्ष ओमप्रकाश पोख्रेलले उद्घाटन गर्नु भएको थियो ।महिला समन्वय समितीले श्री शिवनगर गरिबी निवारणको सभाहलमा शुरु गरेको उद्घोषण तालीमा स्थानीय ४० जना महिला सहभागी भएको महिला समन्वय समिती अध्यक्ष संयोजक विन्दु बरालले बताउनु भयो ।


गुरुङ्ग तथा तमाङ्ग उपभोक्ता समितिले शिवमन्दिर भरतपुर १४ को सभाहलमा शुरु गरेको उद्घोषण तालीममा स्थानीय गुरुङ्ग र तमाङ्ग समुदायका २३ जना व्यक्ति सहभागी भएको गुरुङ्ग तथा तमाङ्ग उपभोक्ता समितिका अध्यक्ष बन्द सिंह गुरुङले जानकारी दिनुभयो ।उद्घोषण तालीममा सिनर्जी एफएमका कार्यक्रम संयोजक रामकान्त पौडेल र रविन सुवेदीले उद्घोषण प्रशिक्षण गर्नुभएको थियो ।शिवनगरमा संचालन भएको महिला समन्वय समितिको तालीम ८ गते र गुरुङ्ग तथा तमाङ्ग उपभोक्ता समगतेको तालिम ९ गते सम्पन्न हुनेछ ।

Share.

Leave A Reply