play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

एमाले–माओवादीको एकता पछिको पहिलो मन्त्रीपरिषद बैठक आज बस्दै

0

जेठ ६ – सत्तारुढ दुई दल एमाले र माओवादी एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वोलाइएको प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

आजको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमबारेमा छलफल हुनेछ । सरकारले जेठ सात ९भोलि० गते नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरिसकेको छ । यसअघि एमाले र माओवादी सरकारमा थिए भने गत फागुन ३ गते पार्टी एकतापछि सरकारमा एक दल ९नेकपा० मात्रै भएको छ ।

हिजो मात्र संघीय संसद् भवन नयाँ बानेश्वरमा नेकपाको संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीलेसमृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका थिए । ‘नीति कार्यक्रममा कुनै कमजोरी रहेमा नेतृत्वलाई भन्नुहोला, संसद्को बैठकमा पार्टीको मर्यादा रहने गरी यसको पक्षमा बोल्नुहोला ।’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

हिजोको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने बताएका थिए ।

उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने बताएका थिए । विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै नयाँ सरकार बनेको अनुभूति दिइने प्रचण्डको भनाई थियो ।

Share.

Leave A Reply