जेठ २। रत्ननगर नगरपालिका वडा नं.७ मा महिलाहरुलाई नेतृत्व विकास तथा सीपमुलक तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा उपभोक्ता समितिले नेतृत्व विकासको लागि उद्घोषण र सीप मुलक तर्फ चप्पल बनाउने तालिम सुरु गरिएको हो । तालिमको नगरपालिकाकी उपमेयर विमला दुवाडीले उद्घाटन गरेकी थिईन । नेतृत्व विकास तर्फ ३५ जनाको सहभागिता रहेको छ । नेतृत्व विकाका लागि संगिता भट्टराई,निता ढकाल र अधिबक्ता श्रीराम दुवाडीले सहजीकरण गरेका छन । नेतृत्व विकास तालिक ५ दिन सम्म चल्ने छ । चप्पल बनाउने तालिममा सर्मिला रेग्मीले सहजीकरण गर्ने सो तालिम १० दिन सम्म चल्ने छ । सो तालिमका ३५ जनाको सहभागिता रहेको छ । उपभोक्ता समितिकी अध्यक्ष विन्दा कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रम वडा अध्यक्ष राजन भट्ट,मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना,पञ्चतारा महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुजता पाण्डे,कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता अधिकारी,शिवालय मन्दिरका अध्यक्ष गोविन्द पाण्डे,बाघमारा मध्यवर्ती सामुदायिक वनका सचिव सुर्यबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।
रत्ननगरमा महिलालाई नेतृत्व विकास तथा सीपमुलक तालिम दिन सुरु
0
Share.