जेठ १- श्रम मन्त्री गोकर्ण विष्टले साउन १ गतेदेखि श्रमिकको पनि ज्याला बढाउने गरी कानुन ल्याउन लागेको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले आज यस्तो बताएका हुन् ।नयाँ रोजगार ऐन ल्याउने तयारी भइरहेको बताउदै उनले एकवर्षभित्र ३ लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी पनि रहेको ठोकुवा गरे ।उनले अहिले वैदेशिक रोजगारी बाध्यता भएको बताउँदै अब नेपालमै रोजगारीको सिर्जना गरिने बताए ।उनले अहिले पनि २० औं लाख खर्च गरेर पढेका डाक्टरहरु मासिक १० हजारमै काम गर्न बाध्य भएको भन्ने गुनासा मन्त्रालयमा आएको बताउँदै अब न्युनतम ज्याला तोक्नुपर्ने धारणा राखे ।यसको लागि पनि तयारी भइरहेको उनको भनाइ थियो ।
साउन १ देखि श्रमिकको ज्याला बढाउने श्रम मन्त्रीको घोषणा
0
Share.