play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मोदीले सम्बोधनका क्रममा भने, बुद्ध नेपालमै जन्मेका हुन्

0

२८ वैशाख – नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज उनको सम्मानमा आयोजित अभिनन्दन समारोहमा बोल्ने क्रममा बुद्ध नेपालको लुम्बिनीमा जन्मेको बताएका छन् ।जनकपुरको बाह्रबिघामा आयोजित अभिनन्दन समारोहमा बोल्दै मोदीले नेपाल र भारतबीचको सम्बन्धका सांस्कृतिक आयाम केलाउने क्रममा भगवान् बुद्ध लुम्बिनीमा जन्मनुभएको बताएका हुन् ।
बुद्धलाई भारतले आफ्नो भनी विश्वसामु प्रचार गर्ने गरेकाले आहत नेपालीहरू बुद्ध वाज बर्न इन नेपाल अर्थात् बुद्ध नेपालमा जन्मेका हुन् भनी अभियान चलाइरहेका हुन्छन् । यस्तोमा भारतका प्रधानमन्त्रीले स्वयं बुद्ध नेपालकोलुम्बिनीमा जन्मेका हुन् भन्दा त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Share.

Leave A Reply