बैशाख २८, इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत आजपनि १ वटा खेल हुनेभएको छ आज राति सवा ८ बजेदेखि सुरु हुनेखेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सको सामना गर्ने छ.राजस्थान रोयल्सले अहिले सम्म खेलेका १० वटा खेल मध्ये ४ मा जित र ६ मा हार बेहोर्दै अंकतालिकाको छैटौ स्थानमा रहदा समान खेल नै खेलेको चेन्नाई सुपर किङ्सले ७ मा जित र ३ मा हार बेहोर्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ आजको खेल राजस्थानले जितेमा पाचौ स्थानमा उक्लने छ भने चेन्नाईले जित हासिल गरेमा दोस्रो स्थानमै कायम रहने छ यसैबीच दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद आईपिएल क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ ।दिल्लीको फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा पराजित भएसँगै दिल्ली भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । जवाफमा १८८ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा ग¥यो जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको हैदरावादले ११ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा समेटिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.