play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मोदी आउँदा जनकपुरमा माक्स लगाउन प्रतिबन्ध, भोलि प्रदेश २ मा सार्वजनिक विदा

0

२७ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा माक्स लगाएर हिँड्न निषेध गरिएको छ ।जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिँड्न निषेध गरेको हो । मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र माक्स लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र माक्स लगाएर नजान आग्रह गरिएको छ । प्रहरीको सूचनामा त्यस्तो निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कारबाही अगाडि बढाइने जानकारी गराइने भनिएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जनकपुर आउँदैछन् ।मोदी आउने दिन पारेर भोलि प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदासमेत दिएको छ ।

Share.

Leave A Reply