play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

रत्ननगर.१५ मा रहेको आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको भवन शिलान्यास

0

बैशाख २६ । रत्ननगर नगरपालिका वडा नं.१५ मा रहेको आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालय भवनको बुधवार शिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको सो भवनको नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा शिलान्यास गरेका थिए । सो अबसरमा मेयर नारायण वनले नगरको शिक्षालाई गुणस्तरीय र परिणाममुखी बनाउन नगरपालिका लागि परेको बताए । उनले शिक्षालाई प्रभावकारी बनाउन शिक्षण शिकाईलाई सार्थक र भौतिक पूर्वाधार निर्माणलाई जोड दिईएको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले नगरको शिक्षालाई परिणाममुखी बनाउन नगरपालिकाले शिक्षामा लगानी बढाएको बताईन । उनले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाएर निजी विद्यालयमा विद्यार्थीहरु सामसदायिक विद्यालयमा आर्कषित गर्ने नीति नगरपालिकाले लिएको बताईन । सो विद्यालयमा ३६ लाखको लगानीमा चार कोठे भवन निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक वालकृष्ण ढकालले जानकारी दिए । शिशु देखि कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा हाल २४० जना विद्यार्थी अध्ययन गरिरहेका छन । कक्षा ६ सम्म अंग्रेजी माध्यममा बढाई हुने भएकाले सो विद्यालयमा विद्यार्थीको आर्कषण बढदै गएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हुमनाथ लामिछाने,नगरपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र बराल,सहयक प्रधानाध्यापक बेदप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply