play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

थारु र दराई महिलालाई परम्परागत पोसाक

0

बैशाख २६। रत्ननगर नगरपालिका वडा नं.१० वडा कार्यालयले थारु तथा दराई महिलाहरुलाई परम्परागत पोसाक वितरण गरेको छ । जातीय संस्कृति संरक्षणको लागि थारु र दराई समुदायको संस्कृति संग जोडिएको परम्परागत पोसाक वितरण गरिएको छ । भानुचोक नजिक रहेको चौधरी बस्तीमा आयोजित कार्यक्रममा १२० जना थारु महिला र २५ जना दराई महिलाहरुलाई पोसाक वितरण गरिएको वडा सचिव वासुदेब रिजालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल र वडा अध्यक्ष केशव आचार्यले महिलाहरुलाई पोसाक हस्तान्तरण गरेका थिए । सो अबसरमा साँसद खनालले जातजातिको संस्कृति संरक्षण गर्ने दायित्व राज्यको पनि भएकाले त्यसको उदाहरण स्वरुप वडा नं.१० का महिलाहरुले परम्परागत पोसाक प्राप्त गरेको बताए । कार्यक्रममा वडा सदस्यहरु सीता भेटवाल,कमलबहादुर घिमिरे,छन्नुराम चौधरी,टिकौली टोल विकास संस्थाका अध्यक्ष नारायण महतो,श्रीकृष्ण टोल विकास संस्थाका अध्यक्ष भोजराज लामिछाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा अध्यक्ष केशव आचार्यको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply