play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

बाँदरझुल्लाले माडी नगरपालिकामा अनिश्चितकालीन धर्ना(तस्बिर सहित)

0

बैशाख २६- बस्ती व्यस्थापन एवम् संघर्ष समिति बाँदरझुल्ला चितवनले माडी नगरपालिकामा अनिश्चितकालिन धर्ना गरेका छन् ।आज माडी नगरपालिकाकी उपप्रमुख तारा कुमारी काजी महतोलाई ज्ञापन पत्र बुझाउदै संघर्ष समिति अध्यक्ष राजकुमार प्रजाले समस्या सामाधान नभएसम्म आन्दोलन जारी राखिने जानकारी दिनुभयो ।

बस्ती व्यवस्थापन एवं संघर्ष समिती बाँदरझुल्ला चितवनले वन तथा बस्तीको सीमा छुट्याई विद्युतिय तारबार (सोलार फेन्सिङ) लगाइनु पर्ने ,वस्तीमा बग्ने ठाडा खोलाहरुमा तटबन्धन गरी बस्तीको संरक्षण गरिनु पर्ने,यातायातका साधनहरु बस्तीमा सञ्चालन हुन पाउनु पर्ने र बगहीदेखि कुसुमखोला हुँदै बाँदरझुल्ला जाने बाटो डोजर लगाएर बनाइनु पर्ने लगायतका मागहरु राखेको संघर्ष समितिका सचिव मोहन स्याङयतानले जानकारी दिनुभयो । धर्नाको कारण आज माडी नगरपालिकाको कामकाज प्रभावीत भएकोे छ ।

 

 

Share.

Leave A Reply