play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

बजेटको सिद्धान्त र प्राथमिकता आज संसद समक्ष पेस गरिने

0

वैशाख २६, – अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता आज संसद समक्ष पेस गर्दै हुनुहुन्छ ।

प्रतिनिधीसभा र राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । संघीय संसदको बजेट अधिवेशन आगामी गत वैशाख २३ गतेबाट सुरु भइसकेको छ ।

प्रि–बजेटका लागि दिउँसो १ बजे बैठक बोलाइएको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि योजना आयोगले १२ खर्ब ४ अर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ । सोही आधारमा संघीयता कार्यान्वयन, दिगो विकासका लक्ष्य पूरा गर्ने, पूर्वाधार क्षेत्रका लगानी, पुनर्निर्माणमा प्राथमिकता लगायतका विषयमा बजेट केन्द्रित रहने अर्थमन्त्री खतिवडाले बताउनुभएको छ ।

केही थप महत्वाकाङ्क्षी योजना समेत अघि सार्ने उहाँको तयारी छ ।

Share.

Leave A Reply