play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चितवनमा हावाहुरीले २० करोड मुल्यको केरा नष्ट

0

बैशाख २४। आइतवार साँझ आएको भीषण हावाहुरी र असिना पानीले चितवनका किसानहरुको २० करोड बढी केरा जष्ट गरेको छ । हावाहुरीले ४०० जना किसानको २० करोड रुपैया मुल्य बराबरको केरा खेति नष्ट भएको शदल । किसानहरुको एक विगहा देखि ३० विगहा क्षेत्रफल सम्म हावाहुरीले केरा खेति नष्ट गरेको हो । एउटै किसानले एक करोड सम्मको क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । रत्ननगरको जिरौना,बाधवपुर,कालिकाको पदमपुर,जुटपानी र खैरहनीको चैनपुरमा किसानहरुले लगाएको केरा हावाहुरीले नष्ट गरेको छ । सबै भन्दा बढि क्षति कालिका नगरपालिकाको पदमपुर र जुटपानीमा भएको छ । पदमपुर क्षेत्रमा हावाहुरी संगै असिनाले केरा खेति नष्ट पारेको संघका अध्यक्ष पन्तले जानकारी दिए । केरा नष्ट भएका ४०० किसानहरु मध्ये १५० जनाले मात्र विमा गरेका छन । २५० जना बीमा नगरेका किसानको केरा नष्ट भएको छ । उनीहरु विस्तापित हुने अबस्था आएको संघका अध्यक्ष पन्तले बताए । चितवनको केरा खेति हावाहुरी र असिना पानीले बर्षेनि नष्ट गर्दै आएको छ । हरेक बर्ष यहाँका किसानहरुले दैबी प्रकोपका कारण क्षति व्यहोर्न बाध्य छन । चितवनमा ६३० जना किसानले २ हजार ६६० विगहा क्षेत्रफलमा केरा खेति गरेका छन । १६५ जना किसानले मात्र केरा खेतिको बीमा गरेका छन ।

Share.

Leave A Reply