साढे ३३ किलो सुन तस्करी प्रकरणमा पूर्व डीआईजी र बहालवाला एसपीको बयान सकियो

0

वैशाख २४ – साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा अदालतमा मुद्दा चलाइएका पूर्व डीआईजी गोविन्द निरौलासहित बहालवाला एसपी विकासराज खनालले आज जिल्ला अदालतमा बयान दिएका छन् । त्यस्तै अर्का प्रहरी जवान बिष्णुबहादुर खड्का र अन्य अभियुक्तहरुसँग बयान पनि सकिएको छ । अन्य अभियुक्तमा अमरमान डंगोल, तोलाराम थारु रहेका छन् ।हिजोसम्म १५ जनाको बयान सकिएकोमा आज थप ५ जनाको बयान सकिएको छ । बयान सकिएकाहरुमा राजनथापा, पुण्यप्रसाद लामा, गोपालप्रसाद श्रेष्ठ, हेमन्त गौतम र राजु महर्जन रहेका छन् ।भोलि मध्यान्हसम्ममा सबैको बयान सक्ने गरी बयान भैरहेको जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिनुभयो । त्यस्तै भोलि नै बयान सक्ने बितिकै मुद्दाको थुनछेक बहस सुरु हुने दुलालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply