बैशाख २३, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज पोखरामा आयोजित पदस्थापन समारोहमा उहाँले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताए । राजनीतिक स्थिरताका लागि आफूहरूले गठबन्धन, साझा घोषणापत्र र उम्मेदवार तय गरेको बताउँदै उनले कम्युनिष्ट पार्टीबीचको एकता राष्ट्रको आवश्यकता भएको उल्लेख गरे । प्रेस स्वतन्त्रताका पक्षमा आफूहरू निरन्तर रुपमा सञ्चारकर्मीसँगै भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासंघको सर्वसम्मत समावेशी प्रदेश समिति गठन गरिनु सकारात्मक भएको बताउँदै उनले आफ्नै प्रधानमन्त्रित्वकालमा लोककल्याणकारी विज्ञापनमा दोब्बर बनाइएको तथा वरिष्ठ पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघात्मक अधिकार प्रदेशमा समितिलाई हस्तान्तरण गरिएको जानकारी दिँदै पत्रकार हकहित र नागरिक अधिकारका लागि महासंघले निरन्तर लडाइँ लडिरहने बताए । प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जनताले अनुमोदन गरिसकेकाले नेकपा ९एमाले० र माओवादी केन्द्रबीचको पार्टी एकीकरण तत्काल गर्नाको विकल्प नरहेको बताए ।
सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि हुने प्रचण्डको भनाइ
0
Share.