बैशाख २३, नारायणगढ रोटरी क्लबले आज रत्ननगर १० मङ्गलपुर स्थित गामबेसी चेपाङ्ग संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । रोटरी अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२९२ अन्तर्गत जोन २० का एसिस्टेन्ट गभर्नर रोटरियन राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो कार्यक्रमका सभापति तथा नारायणगढ रोटरी क्लबका अध्यक्ष नारायणप्रधानले सो केन्द्रमा वार्षिक रूपमा सहयोग प्रदान गर्दै आएकोमा आगामी दिनहरूमा खाद्यान्न अभाव हुन नदिन छुट्टै कार्ययोजना बनाएर अघि बढ्ने बताउनु भयो । प्रमुख अतिथि श्रेष्ठले जोन २० अन्तर्गतका ६ वटा रोटरी क्लबहरू मध्ये सबैभन्दा बढि युवा सदस्यहरू भएको नारायणगढ रोटरी क्लबले यो वर्ष सामाजिक विकासमा पु-याएको योगदानको प्रशंसा गर्नुहुँदै गामबेसी संरक्षण केन्द्रका चेपाङ्ग बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले सो केन्द्रमा संरक्षित विद्यार्थीहरूका लागि आवश्यक सामाग्रीहरू नियमित रूपमा खाद्यान्नक्लबले वितरणगर्दै आइरहेको बताउनुभयो । कार्यक्रम संयोजक एवम् पूर्व अध्यक्ष सञ्जय श्रेष्ठले क्लबका सदस्यहरूको आन्तरिक सहयोगमा करिब असी हजार रूपैयाँ बराबरको खाद्य सामग्रीहरू वितरणगरिएको बताउनु भयो /
नारायणगढ रोटरी क्लबले गामबेसी चेपाङ्गसंरक्षण केन्द्रमाआश्रित बालबालिकाहरूका लागि आवश्यक सामग्रीहरूका साथै खाद्यान्न निरन्तर सहयोग गर्दै आईरहेको केन्द्रका अध्यक्ष केपी किरण शर्भाले बताउनुभयो । सो केन्द्रमा एक सय पच्चीस जना चेपाङ्ग बालबालिकाहरू पचास बोरा चामल लगायत नुनु, तेल, आलु, प्याज, , भुजा, दाल र केराउ वितरण गरिएको क्लबका पूर्व अध्यक्षविज्ञानलाल श्रेष्ठले जानाकारी दिनुभयो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, निर्वाचित अध्यक्ष रमेश पौडेल, सदस्यहरू अञ्जुकृष्ण जोशी, देवमायाश्रेष्ठ,ज्ञानु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक रामबहादुर मगर लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
नारायणगढ रोटरी क्लबद्वारा गामबेसी चेपाङ्ग संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग
0
Share.