वैशाख २२, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी दुबै बिघटन भएर नयाँ कम्युनिष्ट पार्टी बन्ने बताउनु भएको छ । नेताहरुको व्यवस्थापनमा कुरा नमिलेर पार्टी एकीकरण प्रकृयाले गति लिन नसकिरहेका बेला अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो । पोखरामा माक्र्सको द्वि–शतवार्षिकीका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दाबी गर्नुभयो ।एमाले र माओवादीको निरन्तरता नभएर नयाँ पार्टी गठन आजको आवश्यकता भएको उहाँको भनाई थियो । अध्यक्ष दाहालले तत्कालिन नेकपा (माक्र्सवादी) र मालेबीच भएको पार्टी एकता उदाहरणीय भएको बताउनुभयो । उहाँले पार्टी एकताको लागि कार्यदलका प्रतिवेदन टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले काठमाडौं फर्किपछि पार्टी एकताको मिति घोषणा गर्ने बताउनुभयो ।
एमाले र माओवादी दुबै विघटन हुन्छन् : अध्यक्ष दाहाल
एमाले र माओवादी दुबै विघटन हुन्छन् : अध्यक्ष दाहाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु