बैशाख २१- छाहारी बस व्यवसायी समितिका दुई जना ब्यबसायीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । समितिका उपाध्यक्ष श्याम श्रेष्ठ र सहसचिब कृष्ण लामिछानेलाई प्रहरीले रत्ननगरबाट पक्राउ गरेको हो ।गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रभु ढकालले जानकारी दिनुभयो । उनिहरुलाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । यस क्षेत्रका व्यवसायीले यातायात ठप्प पार्दा सर्वसाधारण समस्यामा परेका छन् ।
सिन्डिकेटका पक्षधर छाहारी बस व्यवसायी समितिका दुई व्यवसायी चितवनमा पक्राउ
0
Share.