वैशाख २१ – काभ्रेमा अलपत्र परेका यात्रुहरुलाई स्कुल बसले गन्तव्यमा पुर्याउन थालेका छन् ।सरकारले सिन्डिकेटको अन्त्य भएको बताउँदै कम्पनी अन्र्तगत बस सेवा सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको नेतृत्वमा आन्दोलनका कार्यक्रम घोषणा अनुसार सार्वजनिक यातायातहरु आ–आफ्नो ग्यारेजमा थन्क्याएपछि काभ्रेका विभिन्न ठाउँमा जाने यात्रु मर्कामा परेपछि स्कूल बसहरुले सेवा दिन सुरु गरेका हुन् ।जिल्लाको शहरी क्षेत्रमा विभिन्न कम्पनीका बसहरु सञ्चालनमा आए पनि ग्रामिण भेगमा जाने बसहरु नचल्दा यात्रुहरु मर्कामा परेका हुन् । जिल्लाको बनेपा, पनौती तथा धुलिखेलमा मयूर, साझा, मेट्रो, अन्नपूर्ण लगायतका कम्पनीका बसहरु सञ्चालन भए पनि ग्रामीण भेगमा भने कुनै बसहरु चलेका छैनन् । बसहरु नचल्दा अरनिको राजमार्गको धुलिखेल, पाँचखाल हुँदै काभ्रेका विभिन्न ठाउँ तथा सिन्धुपाल्चोक, दोलखा, रामेछाप जाने यात्रुहरु मर्कामा परेका छन् । विपी राजमार्गको धुलिखेल, भकुण्डे, नेपालथोक हुँदै सिन्धुली, रामेछाप, ओखलढुंगा, खोटाङलगायतका जिल्लामा समेत बसहरु चलेका छैनन् ।
सार्वजनिक यातायातका बसहरु नचलेपछि काभ्रेमा मयुर, साझा, मेट्रो, अन्नपूर्णको बससँगै निजी विद्यालयका बसहरुले समेत सेवा दिन थालेका हुन् । बस व्यवसायीहरुले पूर्व घोषित कार्यक्रम अनुसार बस नचलाउने निर्णय गरेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बिहीबार साँझ निजी विद्यालयका सञ्चालकहरुसँग स्कूलका बसहरु यात्रुको सुविधाका लागि चलाउने छलफल भएको थियो ।छलफलअनुसार काभ्रेको धुलिखेल, बनेपा र पनौती क्षेत्रका ३० वटा बस बिहान विद्यार्थीहरुलाई विद्यालय पु¥याइसकेपछि विभिन्न रुटमा चलाउने निर्णय भएको थियो । भर्खरै मात्र सरुवा भएर काभ्रे आउनुभएका प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले यात्रुहरुको सुविधाका लागि निजी स्कुलका बसहरु सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार स्कुलका बसहरुले पहिलेको रुटभन्दा भित्रसम्म पुगेर सेवा दिनेछन् ।
विद्यालय बस पनि सिण्डिकेटको विरोधमा उत्रियो,बसले काभ्रेमा अलपत्र परेका अलपत्र यात्रु ओसार्दै
0
Share.