play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

0

वैशाख २१ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ पर्नुभएको छ ।महासंघको शुक्रबार घर ग्यारेजमा सवारी थन्काउने कार्यक्रम थियो भने गृहमन्त्री रामबहादुर थापाले यातायात सेवा ठप्प पार्ने व्यवसायीहरुलाई पक्राउ गर्ने आदेश दिनुभएको थियो ।उहाँलाई रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।
सादा पोशाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको छ । क्लबमा आउनुअघि उनले क्लबका अध्यक्ष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए । सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी पाएपछि उहाँ रिपोर्टर्स क्लबमा जानभएको थियो ।

Share.

Leave A Reply